धारापानी बन समुहको कार्यालयमा आगजनी

 साउन १७, २०७७


तुलसीपुर, १७ साउन ।
तुलसीपुर उपमहानगरपालीका वडा नम्बर ७ मा रहेको धारापानी सामुदायिक बन समुहको कार्यालयमा आगजनी भएको छ । स्थानियका अनुसार आज विहान ६ बजेतिर आगजनि भएको हो । घटना स्थलमा अहिले प्रहरी र जनप्रतिनिधिको टोली समेत पुगेको बताईएको छ । आगलागीबाट बन समुहका कागजपत्र जलेर नष्ट भएको उपभोक्ता मित्र खनालले जानकारी दिएका छन । र्यालयमा कसले र किन आगजनी गरेको भन्ने प्रहरीले अनुसन्धान थालेको छ । स्थानियले बन कार्यालयमा आगलागी भएको देखेपछि प्रहरीलाई खवर गरेको बताईएको छ । यस अघि बन समुहका पदाधिकारीले अनिमियतता गरेको भनि उपभोक्ताले उजुरी हालेको थिए ।

यसबारेमा डिभिजन बन कार्यालयले खटाएको अनुसन्धान टोलीले नियम संगत नै रुख कटान गरेको प्रतिबेदन सार्वजनिक गरेका थिए । हाल उपभोक्ताले उक्त प्रदिबेदनमा चित्त नबुझेको भन्दै तालाबन्दी गरेका थिए । उक्त ताला जनप्रतिनिधिको रोहबरमा केहि समय अघि खोलीएको थियो ।

तपाईंको प्रतिक्रिया