अभियान लघुवित्तद्धारा दुई टोलमा सरसफाई

 साउन १७, २०७७

तुलसीपुर,१७ साउन ।

अभियान लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय दंगीशरणको आयोजनामा टोलमा सरसफाइ गरिएको छ । दंगीशरण ५ मा रहेको लौवस्ता टोल र तुलसीपुर २ मा रहेको बुद्धनगर टोल खैरीपुरमा सरसफाई गरिएको हो । सो अवसरमा वडा नम्बर ५ का वडा अध्यक्ष दिपक गौतम,अस्थायी प्रहरी बालापुर भरतनाथ योगी, समाजसेवी निरज बस्नेत लगायत अभियान लघुवित्तमा आबद्ध भएका सदस्यहरु सहित ७० जनाको सहभागिता रहेको थियो ।

त्यसैगरी बुद्धनगर टोल खैरीपुरमा कार्यक्रममा टोलका अध्यक्ष पेशल खत्री, समाजसेवी भिम योगी लगायत ६० जनाको सहभागीता रहेको थियो । वित्तीय संस्थाले बचत गराउने र कर्जा मात्रै दिने भन्दा सामाजिक जिम्मेवारी समेत पुरा गर्न कार्यक्रमको आयोजना गरिएको शाखा प्रमुख मनोज आचार्यले बताएका छन । यसका साथै महिलाहरुमा सीप विकास गरि उद्यमी बन्ने खालका तालिमको समेत आयोजना गर्ने योजना रहेको प्रमुख आचार्यले बताएका छन ।

तपाईंको प्रतिक्रिया