आज कँहा कति संक्रमित थपिए ?

 साउन १८, २०७७

काठमाडौँ,१८ साउन ।
नेपालमा आइतबार थप २ सय ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ३ सय ३२ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार सुनसरीका १२, मोरङका १६, धनुषाका ३५, चितवनका १, महोत्तरीका ५, सर्लाहीका २, पर्साका ८०, बझाङका २, डोटीका ११, कैलालीका १०, काठमाडौँका २२, ललितपुरका ८, भक्तपुरका १, वर्दियाका १०, दार्चुलाका १, गोर्खाका १, रौतहटका २, सिन्धुलीका १, पर्साका १, कास्कीका ५, बागलुङका १, लमजुङका ३, स्याङजाका ८, तनहुँका २, नवलपरासीका ३, रुपन्देहीका १ र डोटीका १ जनामा संक्रमण पुष्टि भएको हो।

कोरोना भाइरसको संक्रमण निको भएर थप १ सय ११ जना संक्रमित डिस्चार्ज भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या १४ हजार ६ सय ३ पुगेको छ।

तपाईंको प्रतिक्रिया