विदेशमा एक सातामा २८ नेपालीको कोरोनाबाट मृत्यु

 साउन १८, २०७७

तुलसीपुर,१८ साउन ।
विश्वभर महामारीका रूपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणका कारण विदेशमा पछिल्लो एक सातामा २८ जना नेपालीको मृत्यु भएको छ । भारतमा २५, र साउदी अरेबियामा दुई र दक्षिण अफ्रिकामा एक जना नेपालीको कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु भएको हो ।

यससँगै कोरोना सङ्क्रमणका कारण विदेशमा एक सय ८९ नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघले जनाएको छ ।

तपाईंको प्रतिक्रिया