तुलसीपुरका १० शवदाह स्थलमा सोलार

 साउन १९, २०७७

तुलसीपुर,१९ साउन ।

तुलसीपुर उपमहागनरपालिकाले १० वटा शवदाह स्थलमा स्मार्ट सोलार जडान कार्य सुरु गरेको छ । ११ लाख ७५ हजार लागतमा ९ वटा वडाको १० स्थानमा सोलार जडान सुरु गरेको तुलसीपुर उपमहानगरपालिकाले जानकारी दिएको छ ।

तुलसीपुर स्थित वडानं–४ को ग्वारखोलाको रातपरा ,वडा नम्बर ११को बबई खोला , वडा नम्बर ७ को काला खोला , वडा नम्बर १९ को ग्वार खोला, वडा नम्बर १८ को संग्राम खोला, वडा नम्बर १७ को चौवा खोलामा सोलार जडान गरिसकेको सोलार बत्ती जडान उपभोक्ता समितिका अध्यक्ष शेरबहादुर बस्नेतले जानकारी दिए ।

बाँकी रहेका वडा नम्बर ८ अश्वाराको गहतेखोला , भमके खोला र पातु खोलाको चार स्थानमा एक हप्ता भित्रै जडान कार्य सकिने बिराट इनर्जी प्रालिका इन्जिनियर युवराज आचार्यले जानकारी दिनुभएको छ । रातमा बल्ने र दिउँसोमा आफै निभ्ने स्वचालित सोलार बत्तीको सौर्य पातामा २० बर्ष र व्याट्री, कन्भटर र बत्तीमा ५ बर्ष ग्यारेन्टी रहेको इन्जिनियर आचार्यले बताउनुभयो ।


सोलार जडान भएसंगै अब रातबिरातमा पनि सजीलै शव जलाउन सकिने भएकाले मृत्यु पछि घरमा राख्नु पर्ने बाध्यता हट्ने उपमहानगरपालिकाका प्रवक्ता श्याम डाँगीले बताउनुभयो ।
सोलार जडान भएसंगै स्थानीहरु पनि खुशी भएका छन् ।

तपाईंको प्रतिक्रिया