४१८ कोरोना संक्रमित थपिए

 साउन १९, २०७७

तुलसीपुर,१९ साउन ।

नेपालमा आज थप ४१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सुनसरीका ५, झापाका ५, मोरङका ४६, सिराहाका ३, सप्तरीका ५१, सर्लाहीका २, महोत्तरीका ३१, धनुषाका ३०, बाराका ३, पर्साका ७१, भक्तपुरका ५, कञ्चनपुरका ८, रसुवाका १, बाराका १, काठमाडौँका ४३ र रौतहटका २ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै ललितपुरका ३, चितवनका १,गुल्मीका १,दोलखाका १, कास्कीका ८,स्याङजाका १, रुपन्देहीका १, बाँकेका ८, वर्दियाका १, दाङका १, सुर्खेतका २, दैलेखका २, रुकुमका २, कञ्चनपुरका ८, कैलालीका ६७ र अछामका ४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


कोरोना भाइरसको संक्रमण निको भएर सोमबार थप ३ सय ५८ जना संक्रमित डिस्चार्ज भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या १४ हजार ९ सय ६१ पुगेको छ ।

तपाईंको प्रतिक्रिया