सप्तरीमा मंगलबारदेखि निषेधाज्ञा

 साउन १९, २०७७

तुलसीपुर , १९ साउन ।

जिल्ला प्रशासन कार्यालय सप्तरीले मंगलबार बिहान ५ बजेदेखि लागु हुने गरी निषेधाज्ञा जारी गरेको छ । कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएका कारण यसको रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए । उनका अनुसार निषेधाज्ञा आगामी साउन २६ गते साँझ ५ बजेसम्म जारी रहने छ ।

निषेधाज्ञाको समयमा अति आवश्यकबाहेक अन्य सबै काम बन्द हुने र जथाभावी हिँडडुल गर्नेलाई कानुनी कारबाही हुने जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया