प्रदेश ५ काे कांग्रेस संसदीय दलको नेतामा कनौडिया

 साउन २०, २०७७

बुटवल,२० साउन ।

प्रदेश नम्बर ५ को प्रदेश सभामा प्रमुख विपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको नेतामा वीरेन्द्रकुमार कनौडिया चयन भएका छन् । पार्टी संसदीय दलको मंगलबार बुटवलमा बसेको बैठकले कपिलवस्तु–३ (२) बाट निर्वाचत कनौडियालाई सर्वसम्मत रुपमा दलको नेता चयन गरेको हो ।

कनौडियालाई नेता चयन गर्न पार्टी संसदीय दलका प्रमुख सचेतक सुरेन्द्र हमालले प्रस्ताव र लेखा समितिका सभापति समेत रहेका सांसद डिल्ली चौधरीले समर्थन गरेको कांग्रेस सचेतक निर्मला क्षेत्रीले जानकारी दिइन् । गत माघ ८ गते संसदीय दलका नेता बलदेव शर्मा पोखरेलको निधन भएपछि कनौडिया कार्यवाहक नेता बनेका थिए ।

तपाईंको प्रतिक्रिया