थप ३८१ जनामा कोरोना पुष्टि

 साउन २१, २०७७

काठमाडाैँ,२१ साउन ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ८१ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ।  यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ३ सय ९० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा १३० जना काेराेना संक्रमित डिस्चार्ज भएकाे बताए। यससँगै डिस्चार्ज हुनेहरुको संख्या १५ हजार १५६ पुगेकाे छ।

पछिल्लो २४ घण्टामा ६ हजार ३ सय ५९ जनाको पीसीआर परीक्षण गरिएकाे छ। हाल देशभर ९ हजार ९ सय २५ जना क्वारेन्टिनमा रहेका छन्। यस्तै हाल देशभर ६ हजार १ सय ७४ जना सक्रिय संक्रमित रहेकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।

तपाईंको प्रतिक्रिया