सुकौरामा बन्यो दङ्गिशरण राजाको शालिक

 साउन २१, २०७७

तुलसीपुर , २१ साउन ।
तुलसीपुर उपमहानगरपालीका ११ सुकौरा स्थित एतिहासिक दङ्गिशरण दरबार रहेको स्थानमा नबनिर्मित दङ्गिशरण राजाको शालिकको आज अनावरण गरिएको छ । प्रदेश नम्बर ५ को करीब २५ लाख बजेटमा उक्त स्थानमा पार्क तथा उक्त पार्कको बिचमा भर्खरै निर्माण गरिएको दङ्गिशरण राजाको शालिकको प्रदेश ५ का पर्यटन मन्त्री लिला गिरिले उद्घाटन गरेका हुन ।

वडा अध्यक्ष चित्र बहादुर वलिको अध्यक्षतामा भएको अनावरण कार्यक्रममा प्रदेश ५ का सार्बजनिक लेखा समितिका सभापति सांसद डिल्ली बहादुर चौधरी, संविधान सभा सदस्य बुद्धिराम भण्डारी लगायतले यस क्षेत्रलाई दाङको एतिहासिक पर्यटकिय स्थलको रुपमा निर्माण गर्न आफुहरु लागी परेको बताएका थिए ।

थारुहरुको सास्कृतिक महत्व बोकेकाले यसको प्रचारप्रसारमा सबैले ध्यान दिनुपर्ने उनिहरुको जोड थियो । स्थानीयहरुको बाक्लो उपस्थितिका बिच आयोजित शालिक अनावरण कार्यक्रमको सहजीकरण पर्यटन मन्त्रालयका सुचना अधिकृत शेषदत्त चौधरीले गरेका थिए ।

तपाईंको प्रतिक्रिया