दाङका १० स्थानीय तह मध्ये तुलसीपुर उत्कृष्ट

 साउन २१, २०७७


तुलसीपुर,२१ साउन ।

जिल्ला समन्वय समितिले दाङका पालिकाहरुको मुल्यांकन गरेको छ । मुल्याङकमा जिल्लाका दशवटा पालिका मध्ये तुलसीपुर उपमहानगरपालिका प्रथम भएको छ । सभामा उत्कृष्ट उपमहानगरपालिका भएको भन्दै प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले सम्मान गरेका हुन् । यस्तै राप्ती गाउँपालिका दोस्रो र घोराही उपमहानगरपालिका तेस्रो भएको छ ।

सरकारी कार्यालय तर्फ कृषि ज्ञान केन्द्र प्रथम, खानेपानी तथा सरसफाइ डिभिजन दोस्रो र पूर्वाधार विकास कार्यालय तेस्रो भएको छ ।

तपाईंको प्रतिक्रिया