ब्यवसायी श्रेष्ठको निधन

 साउन २२, २०७७

तुलसीपुर,२२ साउन ।

तुलसीपुरका व्यबसायी हरि कुमार श्रेष्ठको निधन भएको छ । तुलसीपुर ६ निवासी श्रेष्ठको सुतिरहेको अवस्थामा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । श्री गणेश टेण्ट हाउसका सञ्चालक समेत रहेका श्रेष्ठको हृदयघातका कारण निधन भएको हुन सक्ने जनाईएको छ ।

विभिन्न सामाजिक कार्यमा सक्रिय श्रेष्ठ प्रजातान्त्रिक उद्योग ब्यवसायी संघ तुलसीपुरका कार्यसमिती सदस्य समेत थिए ।

तपाईंको प्रतिक्रिया