थप ३६० जनामा कोरोना पुष्टि

 साउन २२, २०७७

काठमाडाैँ, २२ साउन ।

नेपालमा पछिल्लाे २४ घण्टामा थप ३६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाे छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २१ हजार ७ सय ५० पुगेको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा २ सय ३३ जना कोरोना संक्रमित डिस्चार्ज भएकाे जानकारी दिए ।

यससँगै हालसम्म डिस्चार्ज हुनेको  संख्या १५ हजार ३ सय ८९ पुगेकाे छ । पछिल्लो २४ घण्टामा ६ हजार ६ सय २२ जनाको पीसीआर परीक्षण गरिएकाे छ । हाल देशभर ९ हजार ४ सय ७० क्वारेन्टिनमा रहेका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार २ सय ९६ रहेकाे छ।

तपाईंको प्रतिक्रिया