कोरोना संक्रमणबाट एक युवकको मृत्यु

 साउन २३, २०७७

तुलसीपुर , २३ साउन ।

बुधबार कोरोनाभाइरसको संक्रमण पुष्टि भएका सिरहाको गोलबजार–१२ का २३ वर्षीय युवकको गत राति धरानमा मृत्यु भएको छ । गत तीन वर्ष देखि किड्नीको समस्या रहेका युवकको मृत्यु भएको हो ।

ती युवकको शव सिरहा ल्याउन तयारी भइरहेको छ । उनको दाह संस्कार नेपाली सेनाले गर्ने जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख विष्णुदेव यादवले जानकारी दिए ।

तपाईंको प्रतिक्रिया