कोरोनाबाट थप ५ जनाको मृत्यु, मृतकको संख्या ७० पुग्यो

 साउन २३, २०७७

साउन २३, काठमाडौं ।

शुक्रबार कोरोना भाइरस संक्रमणबाट देशभर थप ५ जनाको मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार पर्सा ३, सिराहा र सर्लाहीका १/१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

वीरगञ्ज महानगरपालिका-९ का ४५ वर्षीय पुरुषको २२ साउनमा भक्तपुरमा मृत्यु भएको छ । पाटन अस्पतालमा उपचारत उनको मृत्यु भएको हो ।

यस्तै, वीरगञ्ज-११ का ७९ वर्षीय पुरुष र ५९ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । ७९ वर्षीय पुरुषको घरमै मृत्यु भएको थियो । स्वाब परीक्षणको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जनाएको छ ।

सिरहा गोलबजारका २५ वर्षीय पुरुषको धरानको बीपी अस्पतालमा मृत्यु भएको हो । त्यस्तै, सर्लाहीका ४५ वर्षीय पुरुषको पाटन अस्पतालमा आजै मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै मृत्यु हुनेको संख्या ७० पुगेको छ ।

तपाईंको प्रतिक्रिया