तरुण दलका अध्यक्ष नै असक्षम भएपछि…

 साउन २३, २०७७


तुलसीपुर,२३ साउन ।

नेपाल तरुण दल दाङका अध्यक्ष टिका घर्तीलाई पार्टिको हित बिपरीत कार्य गरेको आरोप लागेको छ । उनलाई तरुण दलकै नेताहरुबाट यस्तो आरोप लागेको हो । नेपाल तरुण दल साविक क्षेत्र नम्बर ४ का संयुक्त रुपमा एक विज्ञप्ती जारी गरि अध्यक्ष घर्तीलाई पदीय जिम्मेवारी नगरेको भन्दै असक्षमको संज्ञा समेत दिएका हुन ।

उनिहरुले तरुणको अभिभावक नै भक्षक हुनुभन्दा अभिभावकीय भुमिका बाट मुक्त हुदा तरुणको भलाई हुने समेत बताएका छन । बुधवार मात्रै अध्यक्ष टिका घर्तीेले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ का तरुण अध्यक्ष सुनिल डाँगी र वडा नम्बर ६ का अध्यक्ष राजकुमार महतरालाई पदमुक्त भएको घोषणा सामाजिक सञ्जाल मार्फत गरेका थिए ।

तपाईंको प्रतिक्रिया