गोल गरे तर चकनाचुर भयो रोनाल्डोको सपना

 साउन २४, २०७७

साउन, २४ ।

क्रिष्टियानो रोनाल्डोको शानदार प्रदर्शनका बाबजुद इटालियन क्लब युभेन्टसले च्याम्पियन्स लिग फुटबलको अन्तिम ८ मा स्थान बनाउन सकेन । अन्तिम १६ को दोस्रो लेग अन्तर्गत शुक्रबार राति घरेलु मैदानमा भएको खेलमा रोनाल्डोको दुई गोलको सहयोगमा युभेन्टसले फ्रेन्च क्लब लियोनलाई २–१ ले पराजित गर्‍यो ।

तर जित निकालेर पनि युभेन्टस स्तब्ध नै बन्यो । समग्रमा २–२ को बराबरी भए पनि अवे गोलका आधारमा लियोन क्वाटरफाइनलको यात्रा तय गर्न सफल भयो । अवे मैदानमा भएको पहिलो लेगमा युभेन्टस १–० ले पराजित भएको थियो । सोही पराजय वा अवे मैदानमा गोल गर्न नसक्नु उसका लागि घातक बन्यो ।शुक्रबार राति भएको खेलमा रोनाल्डोले ४३ औँ मिनेटमा पाएको पेनाल्टीमा गोल गरेर खेल बराबरीमा ल्याएका थिए । त्यसअघि १२ औँ मिनेटमा पाएको पेनाल्टीमा लियोनका लागि मेमफिस डिपेयले गोल गरेका थिए ।

तपाईंको प्रतिक्रिया