नेपाल बैंकको भरतपुरमा एक्सटेन्सन काउन्टर

 साउन २४, २०७७

दाङ, २४ साउन ।
नेपाल बैक दाङ शाखा अन्तर्गतको घोराही उपमहानगरपालिका १५ भरतपुर महेन्द्र क्याम्पस नजिकको एक्सटेन्सन काउन्टरको औपचारिक उद्घाटन गरिएको छ । आईतबार देखी अनौपचारिक रुपमा सेवा सुचारु गरेको एक्सटेन्सन काउन्टरको घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी तथा नेपाल बैकका प्रदेश ५ प्रमुख पासाङ दोर्जे सेर्पाले संयुक्त रुपमा औपचारिक उद्घाटन गरेका हुन ।

दाङ शाखा प्रबन्धक सरोज कुमा उपाध्यायको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि मेयर चौधरीले नेपाल बैकको एक्सटेन्सन काउन्टर बिस्तारले बैकको चाप घट्ने तथा सेवाग्राहीले सहजै सेवा लिन सहज हुने बिश्वास व्यक्त गरे । कार्यक्रममा बोल्दै प्रदेश ५ प्रमुख पासाङ दोर्जे सेर्पाले नेपाल बैकले दाङ जिल्लाको घोराही एक्सटेन्स काउन्टर बिस्तारका साथै लमही र पश्चिम हापुरेबाट समेत अवको दुई महिना भित्र सेवा सुचारु गर्ने गरी तयारी गरेको जानकारी दिए ।

सो अवसरमा बोल्दै १५ नंबर वडा अध्यक्ष रमेश पाण्डे,महेन्द्र बहुमुखी क्याम्पस दाङका क्याम्पस प्रमुख दिवाकर शर्मा,पद्मोदय माध्यमिक बिद्यालयका प्राचार्य राम प्रसाद जैशी, पद्मोदय क्याम्पसका प्रमुख निश्चल आचार्य, गणेश टोल बिकास संस्थाकी अध्यक्ष गोदाबरी श्रेष्ठ, नेपाल बैकका पुर्ब कर्मचारी केशव दिपक न्यौपाने लगायतले बोलेका थिए ।

बैकका सहायक प्रबन्धक भोजराज जोशीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन तुलसीपुर शाखा प्रबन्धक बिश्वराज अधिकारीले गरेका थिए ।

तपाईंको प्रतिक्रिया