मृगौला पिडितलाई लियो क्लबको सहयोग

 साउन २४, २०७७


तुलसीपुर,२४ साउन ।
लियो क्लब अफ दाङ तुलसीपुरले मृगौला पिडीतलाई सहयोग गरेको छ । वडा नम्बर ६ बस्ने मृगौला पिडित डिला विकलाई नगद सहित खाद्यान्न सहयोग गरिएकोे हो । लाइन्स कल्व अफ दाङ को कार्यालयमा एक कार्यक्रमको आयोजना गरी सहयोग प्रदान गरिएको हो ।

लियो क्लव दाङ तुलसीपुरका अध्यक्ष सन्तोष केसीको अध्यक्षता तथा लायन्स क्लब अफ प्रदेश नम्बर ५ का कोषाध्यक्ष यज्ञ बहादुर केसी र दाङका अध्यक्ष सुरेश हमालको विशेष उपस्थितिमा कार्यक्रम भएको थियो । सो अवसरमा लियो कल्वका संस्थापक अध्यक्ष धुर्वराज न्यौपाने, लाइन्स कल्व अफ दाङ त्रिशिद्धेश्वरीकि अध्यक्ष एमुना शाह, चलचित्र पत्रकार सङ्घका अध्यक्ष शिव पुन लगायतको सहभागिता रहेको थियो ।

क्लबका प्रथम उपाध्यक्ष राजेन्द्र महतराको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन संघका सहसचिव प्रकाश न्यौपानेले गरेका थिए । साथै लाइन्स क्लब अफ दाङ र लाइन्स क्लब अफ त्रिशिद्धेश्वरीको तर्फबाट मृगौला पीडित बिकलाई नगद ८ हजार रुपैयाँ सहयोग गरिएको थियो ।

तपाईंको प्रतिक्रिया