दर्शकको मन जित्दै ‘माया पिरिम’

 साउन २४, २०७७

सुहाना लामा,हापुरे, २४ साउन ।

दर्शक श्रोताहरु द्धारा निकै रुचाईएका पछिल्लो समयका गायन सङ्गै सङ्गीत एवम शब्द रचनामा निकै ख्याती प्राप्त रोसन सिङको माया पिरिम बोलको गीत सार्वजनिक भएको छ ।

सिंहको शब्द तथा संगीत रहेको गीतमा मिलन नेवार र बादल श्रेष्ठको आवाज रहेको छ । उक्त गीतमा बिक्रम चुहानले निर्देशन गरेका छन् भने भिडियोमा चर्चित मोडल अन्जलि अधिकारि र बिमल अधिकारीले अभिनय गरेका छन ।

गीतको भिडियो भावना म्युजिक सोलुसनको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ । गीतमा समाबेश शब्दहरुसंगै संगीत पनि दर्शकले रुचाउने गरेका छन । युबा पुस्ताको प्रेम प्रेमिकाको माया प्रेमलाई कलात्मक तरिकाले भिडियोमा देखाउन खोजिएको छ । बिमल अधिकारी र रोशन सिंहको सहकार्य रहेको यस गीत भन्दा अघि पिपल छेउमा,बर ए भुपु मायालु गितले सर्बाधिक चर्चा पाएको थियो।

तपाईंको प्रतिक्रिया