बाँकेमा कोरोनाबाट एक जनाको मृत्यु

 साउन २५, २०७७

तुलसीपुर,२५ साउन ।

बाँकेमा कोरोनाबाट एक जनाको मृत्यु भएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङका अनुसार बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचारत कोहलपुर नगरपालिका वडा नं २ की ७० वर्षीया महिलाको कोरोनाका कारण मृत्यु भएको हो ।

यो सँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ। यसअघि नरैनापुर र बैजनाथमा एक,एक जनाको मृत्यु भएको थियो ।

तपाईंको प्रतिक्रिया