होटलमा काम लगाईदिने भन्दै बलात्कार गर्ने एक जना पक्राउ

 साउन २६, २०७७

तुलसीपुर,२६ साउन ।

बलात्कार गरेको आरोपमा सल्यानमा एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा शारदा नगरपालिका १ श्रीनगर निवासी ४५ वर्षीय हिमराज बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । आफ्नो होटलमा काम लगाई दिन्छु भनी ललाई फकाई बलात्कारगरेको आरोपमा उनलाई पक्राउ गरेको हो ।

१५ वर्षीया बालिका लाई साउन २३ गते दारिमचौरको जंगलको बाटोमा बलात्कार गरेको पिडित बालिकाले बताएको प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिएका छन । बालिकाको परिवारले शनिबार किटानी जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको उनको भनाई छ ।

तपाईंको प्रतिक्रिया