विलियन चेल्सी छाड्ने निर्णयमा

 साउन २६, २०७७

साउन, २६ । 

ब्राजिलियन विंगल विलियन लन्डन क्लब चेल्सी छाड्ने निर्णयमा पुगेका छन् । चेल्सी र विलियनबीचको सम्झौता सिजनको अन्त्यसम्म मात्र थियो । सिजनको खेल सकिएसँगै विलियनले चेल्सी छाड्ने निर्णय लिएका हुन् । यसअघि सम्झौता नवीकरण गर्नेसम्बन्धमा २ पक्षबीच सहमतिकाे प्रयास भए पनि सहमति हुन नकसेपछि विलियनले चेल्सी छाड्न लागेका हुन् । 

सन् २०१३ मा रसियन क्लबबाट ३० मिलियन युरोमा चेल्सी आएका विलियनले ७ सिजन चेल्सीमा बिताए । उनले ३ सय ३९ खेलमा ६९ गोल गरेका छन् । उनी रहँदा चेल्सीले २ प्रिमियर लिग तथा युरोपा लिग, एफए कप र इएफएल कप १–१ जितेका छन् । विलियन लन्डन क्लब आर्सनल जाने चर्चा छ । आर्सनले विलियनका लागि ३ वर्षसम्म प्रतिसाता १ लाख युरोप तलब दिने प्रस्ताव गरेको छ ।

तपाईंको प्रतिक्रिया