जन्मदीनको अवसरमा रङ्गशाला निर्माणमा सहयोग

 साउन २७, २०७७


तुलसीपुर,२७ साउन ।

आफ्नो जन्मदिनको अवसरमा दाङका एक युवाले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियानमा सहयोग गरेका छन । जिल्लाको दंगीशरण गाँउपालीका वडा नम्बर २ निवासी सि.एम. बिश्वकर्माले धुर्मुस सुन्तली फाउण्डेशनलाई सहयोग गरेका हुन ।

उनले ७ हजार ५ सय ५ रुपैयाँ धुर्मुस सुन्तली फाउण्डेशनको खातामा जम्मा गरेका छन । जन्मदीनमा भजुल खर्च गर्नुभन्दा देशको गौरवका रुपमा रहेको क्रिकेट रंगशाला निर्माणमा सहयोग गरेको बताएका छन । विश्वकर्मा अनेरास्वबियुका विद्यार्थी नेता समेत हुन ।

यसैविच, यस अभियानमा सहयोग गरेको भन्दै धुर्मुस सुन्तली फाउण्डेशनले सामाजिक सञ्जाल फेसबुक मार्फत धन्यवाद ब्यक्त गरेको छ ।

तपाईंको प्रतिक्रिया