रुकुम घटनामा ज्यान गुमाएका प्रतिपरिवारले १० लाख पाउने

 साउन २७, २०७७

तुलसीपुर,२७ साउन ।

सरकारले रुकुम घटनामा ज्यान गुमाएका ६ जनाका परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँ दिने निर्णय गरेको छ । मन्त्रिपरिषदको बैठकले गृहमन्त्रालयको प्रस्तावमा रुकुमको चौरजाहरीमा ज्यान गुमाएकाहरुको परिवारलाई प्रतिपरिवार १० लाख दिने र घाइतेहरुको उपचार खर्च व्यहोर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.युवराज खतिवडाले जानकारी दिए । 

रुकुमको चौरजहारीमा १० जेठमादलित र गैरदलित विचको प्रेम सम्बन्धलाई लिएर गाँउलेहरुको कुटपिटबाट ६ जनाले ज्यान गुमाएका थिए ।  सो घटनामा किशोरीका प्रेमी नवराज विक, गणेश बुढामगर, लोकेन्द्र सुनार, गोविन्द शाही, टिकाराम सुनार, सञ्जिब विकको ज्यान गएको थियो ।

उनीहरु किशोरीलाई भगाउनका लागि उनको गाउँ गएको समयमा स्थानीयकोे कुटपिट बाट ज्यान गएको थियो । यस्तै सो घटनामा घाइते भएकाहरुको उपचारको बिलअनुसारको पैसा सरकारले तिर्ने निर्णय समेत मन्त्रिपरिषदको बैठकले निर्णय गरेको छ । 

तपाईंको प्रतिक्रिया