रुसले काेराेनाविरुद्धकाे खाेप बनायाे : पुटिन

 साउन २७, २०७७

काठमाण्डाै, २७ साउन ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले कोरोना भाइरसविरुद्धको खोप विकास गरेर प्रयोगमा ल्याएको दाबी गर्नु भएको छ । पुटिनले कोरोनाविरुद्धको खोप आफ्ना दुई छोरीलाई लगाएको र उनीहरुलाई कुनै ‘साइड इफेक्ट’ नदेखिएको बताएकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।  

पुटिनले मङ्गलबार खोपको विकास गरी दर्ता भएको जानकारी दिनुभएको हो । कोरोनाविरुद्धको खोप दर्ता गर्ने रुस पहिलो राष्ट्र बनेको छ । रुसका अधिकारीहरुले यो खोप डाक्टर, स्वास्थ्यकर्मीसहित मेडिकल कर्मचारी, शिक्षक र अरु उच्च जोखिममा रहेका वर्गमा दिइने जनाएका छन् । 

समाचार एजेन्सी एजेन्सी एएफपीकाे जानकारी अनुसार याे खाेप मस्काेकाे गामेल्या इन्स्टिच्युटले बनाएकाे हाे । रुसी राष्ट्रपति पुटिनले रुसमा चाँडै नै याे खाेपकाे उत्पादन सुरु गर्ने र ठूलाे सङ्ख्यामा खाेपकाे डाेज बनाउने बताउनुभएकाे छ । 

तपाईंको प्रतिक्रिया