योग खेलकुद संघका संयोजक, सह-संयोजक लाई सम्मान

 साउन २८, २०७७


तुलसीपुर,२८ साउन ।

नेपाल योग खेलकुद संघको प्रदेश नम्वर ५ को संयोजक र सह संयोजक सम्मान गरिएको छ । संघको संयोजकमा नेपालगन्ज जेसिसका थिम डाईरेक्टर योगाचार्य आषिश आनन्द र सहसंयोजकमा अनेरास्ववियू, दाङका विद्यार्थी नेता दिवश क्षेत्री सर्वसम्मत रुपमा चयन भएका थिए ।


कोभिड १९ लाई मध्यनजर गर्दै सामन्य रुपमा बधाई तथा सम्मान कार्यक्रमको आयोजना गरिएको जनाईएको छ । पतञ्जलि योग समिति, दाङ र अनेरास्ववियूका विद्यार्थीहरुद्वारा कार्यक्रमको आयोजना गरिएको थियो । पतञ्जलि योग समिति, दाङका उपाध्यक्ष शिव राज आचार्यको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको संचालन दुर्गाराज पुरुषले गरेका थिए ।

कार्यक्रममा अनेरास्ववियू, दाङका विद्यार्थी नेता डा.सम्राट शाह, अर्जुन चौधरी लगायतका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

तपाईंको प्रतिक्रिया