कोरोना रोकथाममा युवाशक्ति एक हुनुपर्छ : शर्मा

 साउन २८, २०७७


ओमप्रकाश गुप्ता , सिसहनियाँ २८ साउन ।
प्रदेश नम्बर ५ का प्रदेश सभा सदस्य रेवतीरमण शर्माले कोरोना महामारी रोकथामका लागी सबै युवा एक ढिक्का हुनुपर्ने बताएका छन् । ग्लोबल युथ क्लव राप्ती गाउँपालिकाको अायोजना एवम् राप्ती गाउँपालिका चेम्बर अफ कमर्सको सहयोगमा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बुधबार राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँमा आयोजना गरिएको कोरोना महामारी रोकथाम बिषयक अन्र्तक्रिया कार्यक्रममा प्रदेश सभा सदस्य शर्माले कोरोना संग जुध्न सबैको सहकार्य र समन्वय आवश्यक भएको बताएका छन् ।

कोरोना कहरको सामाना विश्वभरका देशले गरिरहेका छन् । हाम्रो देशले पनि कोरोनाको सामना गरिरहेको छ । यो अवस्थामा फुटेर होइन, जुटेर सामना गर्नुपर्छ’उनले भने–‘युवा परिस्थिती अनुसार चल्न शक्ने शक्ती हो । कोरोनाले परिस्थीति विगारेको छ । कोरानाको व्यवस्थापन गर्न युवा शक्ति संग समन्वय र सहकार्यको आवश्यकता छ । कार्यक्रमको प्रमुख अतिथि समेत रहेका शर्माले कोरोनाले गर्दा विस्थापीत भएका युवालाई कृषि क्षेत्रमा रोजगारीको अवसर सृजना गरिने बताए । विदेशीएका युवा शक्ति स्वदेश फर्किएको छ । यो शक्तिको व्यवस्थापन र रोजगारी कृषि क्षेत्रमा दिन सकिन्छ ।

यसको तयारी प्रदेश सरकारले गरेको छ’उनले भने–‘कृषि क्षेत्रलाई आधुनिक र व्यवसयीकरण गर्दै युवालाई उद्यममा संलग्न गराउछौं । सिसहनियाँ उद्योग बाणिज्य संघका महासचिव ईश्वरीप्रसाद अधिकारीले सरकारले बेरोजगारीको समस्या समाधान गर्न सक्नुपर्ने बताए । राप्ती गाउँपालिका चेम्बर अफ कमर्स सिसहनियाँका अध्यक्ष कुमार अधिकारीले कोरोना भाइरस संग लापरबाही गर्न नहुने बताए । कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले कोरोना महामारी रोकथामका लागि युवा शक्तिनै महत्त्वपूर्ण शक्ति भएकाले अाफ्नो घर परिवार र समुदायमा कोरोनाबाट बच्न स्वास्थ्य मापदण्डका विषयमा जानकारी गराउन सक्नु पर्ने सुझाव दिएका थिए । कार्यक्रमलाई नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ५ का प्रदेश पार्षद महेशचन्द्र रिजाल, क्लवका सल्लाहकार तथा देउखुरी टुडे राष्ट्रिय साप्ताहिकका प्रकाशक/संम्पादक सन्तोषकुमार गुप्ता, नयाँ युगबोध राष्ट्रिय दैनिकका प्रतिनिधि दशरथ घिमिरे , पत्रकार जमिर शाह, विहानी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष देवप्रसाद चौधरी लगायतका वक्ताहरुले मन्तब्य ब्यक्त गरेका थिए । क्लवका अध्यक्ष रमेश कंडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुशिला आचार्यले स्वागत र क्लवका प्रेस संयोजक ओमप्रकाश गुप्ताले सञ्चालन गरेका थिए ।

तपाईंको प्रतिक्रिया