आज फेरी बढ्यो सुनको मूल्य, कति पुग्यो हेर्नुहोस

 साउन २९, २०७७

साउन २९, काठमाडौं । आज नेपाली बजारमा सुनको मुल्य प्रतितोला दुई हजार चार सय रुपैयाँले बढेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज (बिहीबार) सुनको प्रतितोला कारोबार मूल्य ९७ हजार ८ सय रुपैयाँ महासंघले तोकेको छ । त्यसैगरि तेजावी सुनको प्रतितोला कारोबार मूल्य ९७ हजार तीन सय रुपैयाँ तोकिएको छ भने चाँदीको प्रतितोला भाउ १२ सय ९५ रुपैयाँ पुगेको छ ।

साताको सुरुदिन देखिनै निरन्तर घट्दो क्रममा रहेको सुनको मुल्य बुधबार एकैदिन हालसम्मकै उच्च ६ हजार दुई सय रुपैयाँले घटेको थियो ।

रुसले कोभिड १९ बिरुद्धको खोप बनाएको घोषणा गरेपछि लगानीकर्तामा मनोबाल बढेको र सुनमा गरिने लगानी घट्दा मूल्य ओरोलो लागेको विश्लेषण अन्तराष्ट्रिय बजारमा गरिएको थियो ।

तपाईंको प्रतिक्रिया