तुलसीपुरका ९ जनामा कोरोना पुष्टि

 साउन ३१, २०७७

तुलसीपुर,३१ साउन ।
तुलसीपुरका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मावि सेन्टर स्कुलको क्वारेन्टाईनमा बसेका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको तुलसीपुरका कोभिड १९ फोकल पर्सन विमल केसीले जानकारी दिएका छन् । साउन २८ गते उनीहरुको स्वाव संकलन गरि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पठाईएको थियो ।

उनीहरु मध्ये पाँच जना भारत र अन्य ४ जना साउदी, दुवई र कतारबाट आएर क्वारेन्टाईनमा बसेका थिए । उनका अनुसार तुलसीपुरको वडा नम्वर ५ का १ जना, वडा नम्वर १ का १ जना, वडा नम्वर ९ का १ जना वडा नम्वर १४ , का १ जना, वडा नम्वर ४ का १ जना, वडा नम्वर १५ का २ जना र वडा नम्वर ८ का १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

तपाईंको प्रतिक्रिया