शनिवार ४ सय ६८ संक्रमित थपिए

 साउन ३१, २०७७

तुलसीपुर,३१ साउन ।
पछिल्लो २४ घण्टामा ४ सय ६८ जनामा कोरोना भाइरस कोभिड १९ को सङ्क्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ११ हजार ४४७ नमुना परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो । यससँगै कोरोना सङ्क्रमितको संख्या २६ हजार १९ पुगेको छ ।

उनीहरुमध्ये १ सय २ जनाको मृत्यु भएको छ भने १७ हजार २०१ जना निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल सम्मको पीसीआर जाँच पनि ५ लाख नाघेको छ । हालसम्म ५ लाख ५ हजार ६६० पिसिआर परिक्षण भएको छ ।

तपाईंको प्रतिक्रिया