दंगिशरणमा युवाहरुले गरे रक्तदान

 साउन ३१, २०७७

दिप्तीशिखा चौधरी,दंगिशरण,३१ साउन
सिर्जनशिल युवा क्लव दंगीशरण ४ ले ईलाका स्वास्थ्य चौकि हेकुलीमा एक कार्यक्रमका बिच रक्तदान गरेको छ । सामाजीक कार्यमा अग्रसर हुने उद्धेश्यले गठन गरिएको क्लवले रक्तदान कार्यक्रमको आयोजना गरी सामाजीक कार्यको सुरुवात गरेको हो । रक्तसंचार केन्द्र तुलसीपुर दाङको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम भएको हो ।

कार्यक्रममा गाउपालिकाका अध्यक्ष भागिराम चौधरीले युवाहरुको सामाजीक कार्यले समाज रुपान्तरणमा सहयोग पुगेको बताए । कोरोना संक्रमणको समयमा दंगीशरणमा धेरैले रक्तदान गरेकाले पनि कुनै समयमा रगत अभाव भएमा यस कार्यले धेरै टेवा पुग्ने बताए । वडा न. ४ का वडा अध्यक्ष नेव बहादुर कवँरले वडाका यूवाहरु अव असल समाज रुपान्तरणका लागि कार्य गर्न आवश्यक रहेको बताए ।

दंगीशरणका सबै वडामा यसैगरी युवाहरु सामाजीक कार्यमा लागेमा राम्रो सन्देश जाने बताए । सो अवसरमा ईलाका प्रहरी कार्यालय हेकुलीका प्रहरी नायव निरीक्षक कमल थापाले हरेक वडामा राम्रो वडा निर्माणका लागि युवा क्लवको आवश्यक देखिएको बताए ।

रक्तदान कार्यक्रममा अनन्त रत्गैया ,प्रलाद चौधरी गरि २६ जना युवाहरुले रक्तदान गरेका थिए । सिर्जनसिल युवा क्लवका अध्यक्ष जेनीस कवँरको अध्यक्षतामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

तपाईंको प्रतिक्रिया