काेराेनाबाट थप एक जनाकाे मृत्युु

 साउन ३१, २०७७

तुलसीपुर ,३१ साउन ।

वीरगन्जस्थित रहेको नारायणी अस्पतालमा मृत्यु भएका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालमा उपचारका क्रममा वीरगन्ज महानगरपालिका अठराहा सुगौलीका ४५ वर्षिय पुरुषको शनिवार बिहान करिब ७ बजे मृत्यु भएको थियो । मृत्युपछि उनको स्वाब संकलन गरि पीसीआर परिक्षणका लागि नारायणी अस्पतालको प्रयोगशालामा पठाइएको थियो ।

प्रयोशगशालाबाट शनिवार दिउसो प्राप्त रिपोर्टमा ती मृतक पुरुषको पीसीआर रिपोर्ट पोजेटिभ देखिएको अस्पतालका चिकित्सक निरज सिंहले जानकारी दिए ।
योसँगै वीरगन्जमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २७ पुगेको छ । साउनमा मात्रै २३ जनाको मृत्यु भएको हो ।

तपाईंको प्रतिक्रिया