भाईरल बन्दै ‘सोचे झै जिन्दगी रैनछ’

 साउन ३२, २०७७

तुलसीपुर,३२ साउन ।
पछिल्लो समय ‘सोचे झै जिन्दगी रैनछ’लाई दर्शक स्रोताहरुले अत्याधिक रुचाएका छन ।
फलस्वरुप उक्त गीत टिकटकमा समेत भाईरल बनेको छ । गीतमा अञ्जली अधिकारीले गरेको नृत्यले सबैलाई चकित बनाएको छ । यो गीतको भिडियोलाई यतिबेला युट्युबमा ५९ लाख बढिले हेरेका छन ।

तिजलाई लक्षित गर्दै सार्बजनिक गरिएको सो गीतमा खेम सेन्चुरी र मधु क्षेत्रीको स्वर रहेको छ ।यस्तै नेत्र अर्यालको शब्द तथा गायक सेन्चुरीले नै संगीत भरेका छन् । अञ्जली अधिकारीले मज्जैले कम्मर मर्काएको भिडियोमा उनलाई ओबि रायमाझीले नाच्नमा साथ दिएका छन् । भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका छन ।

तपाईंको प्रतिक्रिया