प्रदेश–५ का डीआईजी र मातहतका प्रमुखबीच कार्यसम्पादन सम्झौता

 भदौ ०१, २०७७

तुलसीपुर ,१ भदौ ।
पाँच नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) रवीन्द्र बहादुर धानुक र मातहतका इन्चार्जको बीचमा कार्यसम्पादन सम्झौता भएको छ । गृहमन्त्रालयका सचिव र प्रहरी महानिरीक्षकबीच भएको सम्झौता अनुसार प्रदेशका डीआईजीले मातहतका इन्चार्जसँग कार्यसम्पादन सम्झौता गरेका हुन् ।

मातहतका जिल्ला इन्चार्ज र प्रहरी गणका प्रमुखसँग डीआईजी धानुकले पारदर्शिता अपनाउने, भ्रष्टाचारमा शुन्य सहनशिलता र तोकिएको जिम्मेवारी पुरा गर्नुपर्ने सम्झौता गरेका हुन् । प्रदेश–५ प्रहरी कार्यालय मातहत १२ वटा जिल्ला र प्रहरी स्कुलसहित १७ कार्यालय छन् ।

डीआईजी धानुकले सम्झौता अनुरुपको लक्ष्य पुरा गर्न लगनशील र प्रतिवद्धताका साथ काम गर्न निर्देशन समेत दिएका छन् । कोभिड–१९ को जोखिमबाट बच्न सतर्कता अपनाउँदै सम्भावित विपद् व्यवस्थानपनका लगि तयार रहन उनले मातहतका कार्यालय प्रमुखलाई निर्देशन दिए ।

तपाईंको प्रतिक्रिया