थपिए ६८१ कोरोना संक्रमित

 भदौ ०३, २०७७

काठमाडौं, ३ भाद्र

नेपालमा पछिल्लो २४ घण्टामा थप ६८१ जनामा कोरोना भाइरसकाे स‌ंक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा १२० जना कोरोना संक्रमित डिस्चार्ज भएको जानकारी दिए । यससँगै हालसम्म डिस्चार्ज हुनेहरुको संख्या १७ हजार ७०० पुगेको छ ।

पछिल्लो २४ घण्टामा  ११ हजार  ५ सय २२ जनाको पीसीआर परीक्षण गरिएको छ । हाल देशभर १३ हजार ५ सय ७१ जना क्वारेन्टिनमा रहेका छन् । देशभर सक्रिय संक्रमित  ११ हजार १  सय १८ छन् ।

तपाईंको प्रतिक्रिया