निर्वाचन आयोगमा नेकपा एमाले विधिवत रूपमा दर्ता

 भदौ ०३, २०७७

भदौ ३, काठमाडौं ।
निर्वाचन आयोगले नेकपा एमाले नामको दल दर्ता गरेको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले एमाले विधिवत रूपमा दर्ता भएको जानकारी दिएका छन् । ‘सबै प्रक्रिया पुगेपछि दल दर्ता भएको हो,’ श्रेष्ठले भने ।सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक चलिरहेको बेलामा गत असारमा दल दर्ताका लागि निवेदन दिइएको थियो ।

२०७५ जेठमा तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भएर नेकपा बनेपछि एमाले र माओवादी केन्द्र दुवै पार्टी नेपालको राजनीतिमा अस्तित्वविहीन भएका थिए । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्का अध्यक्ष केपी शर्मा ओलीलाई एमाले दर्ता गर्न पहल गरेको आरोप लगाउने गरेका छन् ।

तपाईंको प्रतिक्रिया