कोरोना संक्रमितको संख्या २९ हजार नाघ्यो

 भदौ ०४, २०७७

काठमाडाैँ, ४ भदौ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ७०७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा २ सय ६४ जना कोरोना संक्रमित डिस्चार्ज भएको जानकारी दिए ।

यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १७ हजार ९ सय ६४ पुगेकाे छ । पछिल्लो २४ घण्टामा ११ हजार ८ सय ३२  जनाको पीसीआर परीक्षण गरिएको छ । देशभर ११ हजार ७ सय ६८ जना क्वारेन्टिनमा रहेका छन् । बिहीबार देशभर ११  हजार ५ सय ५५ सक्रिय संक्रमित रहेका छन् ।

तपाईंको प्रतिक्रिया