चितवनका २२ जनामा कोरोना पुष्टि

 भदौ ०५, २०७७

तुलसीपुर,५ भदौ ।

चितवनका थप २२ जनासहित २६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । भरतपुर कोभिड १९ प्रयोगशालामा हिजो गरिएको परीक्षणमा चितवनका ११ पुरुष र ११ महिलामा कोरोना भाइरस सङ्क्रमण देखिएको हो ।

सङ्क्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका छन् । भरतपुर महानगरपालिका–२, ७, १० र ११ का ८ पुरुष र ११ महिला गरी १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यस्तै, राप्ती नगरपालिकाका वडा नम्बर २ र ८ का गरी थप ३ जना पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनीहरु सबै क्वारेन्टिनमा रहेका थिए ।

सङ्क्रमण देखिएकाहरु १२ देखि ६७ बर्ष उमेर समूहका छन् । यसैगरी, सङ्क्रमण पुष्टि हुनेमा नवलपुर, पर्वत, पर्सा र मकवानपुरका एक–एक जना छन् ।

तपाईंको प्रतिक्रिया