कोरोना नियन्त्रणमा १३ अर्ब ३७ करोड खर्च

 भदौ ०६, २०७७

तुलसीपुर,६ भदौ ।
सरकारले कोरोना भाइरस नियन्त्रण र उपचारमा गत पाँच महिनाको अवधिमा १३ अर्ब ३७ करोड रुपैयाँ खर्च भएको जनाएको छ । औषधि र स्वास्थ्य सामग्री खरिद, स्वास्थ्य पूर्वाधार, जनशक्ति परिचालन, क्वारेन्टाइन व्यवस्थापनजस्ता काममा यो रकम खर्च भएको सरकारका प्रवक्ता एवं अर्थ र सञ्चारमन्त्री डा. युवराज खतिवडाले जानकारी दिनुभयो ।

उहाँले संघीय सरकारबाट ५ अर्ब ८४ करोड ७९ लाख ९४ हजार रुपैयाँ खर्च भएको भन्दै खर्चका हिसाबले स्वास्थ्य पूर्वाधारमा २ अर्ब ९३ करोड ८८ लाख ९६ हजार र औषधि तथा स्वास्थ्य सामाग्रीमा १ अर्ब ७५ करोड ५२ लाख ४० हजार रुपैयाँ खर्च भएको बताउनुभयो छ । यस्तै एक अर्ब ३ करोड ६९ लाख ९६ हजार कोभिड कोषबाट खर्च भएको छ ।

मन्त्री खतिवडाले प्रदेश सरकारहरुबाट एक अर्ब ४९ करोड ७० लाख रुपैयाँ खर्च भएको पनि जानकारी दिनुभयो । कोभिड नियन्त्रणमा स्थानीय तहहरुबाट ६ अर्ब २ करोड खर्च भएको छ ।

तपाईंको प्रतिक्रिया