नेकपा कार्यदलले प्रतिवेदन अध्यक्षद्वयलाई बुझायाे

 भदौ ०६, २०७७

दाङ, ६ भदौ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा देखिएको विवाद समाधानका लागि गठन गरिएको कार्यदलले शनिबार पार्टी अध्यक्षद्वयलाई प्रतिवेदन बुझाएकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार लगातार सात घण्टा बैठक बसेर कार्यदलले प्रतिवेदनलाई अन्तिम रुप दिएको थियाे ।

अध्यक्षद्वयकाे सहमतीमा विवाद समाधानका लागि पार्टी महासचिव विष्णु पौडेलेको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको थियो । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अपराह्न बालुवाटारमा प्रतिवेदन बुझेका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले कार्यदलले सर्वसम्मत तयार पारेकाे प्रतिवेदन अध्यक्षद्वयलाई बुझाएकाे जानकारी दिए । 

तपाईंको प्रतिक्रिया