क्वारेन्टाईनमा बसि घर फर्किएका एक जनाको मृत्यु

 भदौ ०७, २०७७

तुलसीपुर,७ भदौ ।

क्वारेन्टाईनमा बसि घर फर्किएका एक जनाको मृत्यु भएको छ । ज्यान जानेमा प्युठान ऐरावती गापा ५ गोठीवाङ बस्ने वर्ष ४५ को बिनोद भण्डारी रहेको प्रहरीले जनाएको छ । उनि गएको बैशाख ३ गते भारतबाट घर आई १४ दिन क्वारेन्टाईनमा बसी साउन २९ गते घोराही उमनपा १४ गुजरी बजार स्थित डाईगण फाष्टफुट रेष्टुरेण्टमा काम गर्दै आएका थिए ।

उनलाई एक्कासी शास फेर्न गाह्रो भएपछि उपचारको लागी राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङमा लगिएको थियो । उनको उपचारको हिजो साँझ ४ ज्यान गएको पाँच नम्बर प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

यसबारेमा जिप्रका दाङबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया