कोरोना विशेष अस्पतालका दुई संक्रमितको मृत्यु

 भदौ ०७, २०७७

काठमाडाैँ, ७ भदौ ।

रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालका थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको कोरोना विशेष अस्पतालमा उपचारत रुपन्देही समरीमाई गाउँपालिका २ का ३८ वर्षीय पुरुष र बुटवल उपमहानगरपलिका–१ की ६७ वर्षीया महिलाको आज मृत्यु भएको अस्पतालले जनाएको छ । 

अस्पतालका फोकल पसर्न डा सुर्दशन थापाले ती दुवै जना कोरोना संक्रमित रहेको र उनीहरुको भेन्टीलेटरमा राखेर उपचार गर्दागर्दे मृत्यु भएको रातोपाटीलाई बताए ।

तपाईंको प्रतिक्रिया