बागचौरका बाढीपीडितलाई राहत

 भदौ ०८, २०७७

तुलसीपुर,८ भदौ ।

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले सल्यानको बागचौर नगरपालिका १२ बाफुखोलाका बाढीपहिरो पीडित परिवारलाई राहत सामाग्री हस्तान्तरण गरेका छन । कर्णाली प्रदेश सरकारको तर्फबाट अर्थ मन्त्री ज्वाला र मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार भिम प्रकाश शर्माले बाढीपहिरो पीडित परिवारलाई राहत सामाग्री हस्तान्तरण गरेका हुन ।

गत भदौ ३ गते राति आएको बाढीपहिरोले यहाँका केही परिवार घरवार बिहिन भएका छन् भने दर्जनौँ घर जोखिममा परेका छन् । आईतवार बाढीपहिरोले क्षती भएको क्षेत्र बाफुखोलामा पुगेर ज्वाला र शर्माले बाढीपहिरो पीडितको लागी राहत सामाग्री बागचौर नगरपालिका १२ का वडाअध्यक्ष दिपक वलीलाई हस्तान्तरण गर्नु भएको हो ।

राहत लिएर बाफुखोला पुग्नु भएका मन्त्री ज्वालाले जनताको सुखमा मात्रै नभएर दुखमा पनि प्रदेश सरकार रहेको बताएका छन । कोरोना भाइरस, सलह किराले आक्रान्त बनाएको अबस्थामा फेरी बाढीपहिरोले झन् समस्या थपिदिएको बताउदैँ मन्त्री ज्वालाले पिडित परिवारका समस्या बुझ्न र पिडित परिवारलाई राहत सामाग्री हस्तान्तरण गर्न आफु बाफुखोला आएको बताएका थिए ।

प्रदेश सरकारले चामल, त्रिपाल, कम्बल, म्याट, झुल लगाएतका सामाग्री हस्तान्तरण गरेको हो ।

तपाईंको प्रतिक्रिया