तुलसीपुरका प्रमुख प्रशासकिय अधिकृत धरौटीमा रिहा

 भदौ ०९, २०७७

तुलसीपुर,९ भदौ ।
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्याय १५ लाख धरौटीमा रिहा भएका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, भ्रष्टाचार निवारण ऐन र मुलुकी फौजदारी कार्यविधि संहिता बमोजिम जमानतामा रिहा गरिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार उनलाई ३ महिनासम्म निलम्बन समेत गरिएकोे छ । प्रमुख प्रशासकीय अधिकृत उपाध्यायलाई घुस सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काठमाडौं जादै गर्दा साउन १६ गते नागढुंगामा पक्राउ गरेको थियो । उनीसँग एक लाख ४० हजार नगद र आठ लाख बैंकमा जम्मा गरेको भौचर बरामद गरेर हिरासतमा राखेर मुद्दा चलाइएको थियो ।

तपाईंको प्रतिक्रिया