जमैकाको दोस्रो जित, सन्दीपको उत्कृष्ट बलिङ

 भदौ १०, २०७७

काठमाण्डाै , १० भदौ ।

क्यारेवियन प्रिमियर लिग सीपीएलमा नेपालका सन्दीप लामिछाने आवद्द क्लव जमैका तालावाजले गुयाना अम्याजन वारियर्सलाई पाँच विकेटले हराएको छ । वारियर्सले दिएको एक सय ९ रनको लक्ष्य जमैकाले १८ ओभरमा पाँच विकेट गुमाएर भेटायो । उसका लागि एन क्रुह्माह बोनरले ३० र ग्लेन फ्लिप्सले २६ रन बनाए । यसअघि पहिले व्याटिङ गरेको वारियर्सले २० ओभरमा नौ विकेट गुमाएर एक सय ८ रन बनायो ।

नेपालका सन्दीपले आज पनि उत्कृत बलिङ गरे । सन्दीपले चार ओभरमा १२ रन मात्रै दिएर एक विकेट लिए । यस्तै फिडेल एडवार्ड र मुजीब रहमानले ३/३ विकेट हात पारे । सन्दीप आवद्द टिमले चार खेलमध्ये दुई खेल जितेको छ र चौथो स्थानमा छ ।

तपाईंको प्रतिक्रिया