१ हजार १ सय ११ जनामा कोरोना पुष्टि

 भदौ ११, २०७७

काठमाडाैँ, ११ भदौ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३५ हजार ५ सय २९ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ५ सय ६९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २० हजार ७३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १२ हजार ३ सय ६९ जनाको पीसीआर परीक्षण गरिएको छ । संक्रिय संक्रमितको संख्या १५ हजार २ सय ७३ रहेकाे छ । हाल देशभर क्वारेन्टिन ९ हजार ४ सय ८८ जना रहेका छन् ।

तपाईंको प्रतिक्रिया