तुलसीपुरका शैक्षिक संस्थामा अनेरास्ववियूको अनुगमन

 भदौ ११, २०७७

तुलसीपुर,११ भदौ ।

कोरोना महामारीका कारण शैक्षिक क्षेत्र पनि ठप्प छ । तर विभिन्न विद्यालयहहरुले शुल्क असुल गरिरहेको भन्ने गुनासो आईरहेका बेला अनेरास्ववियू दाङले तुलसीपुरमा प्रमुख शैक्षिक संस्थामा अनुगमन गरेको छ। सह संयोजक सर्जन परियारको अगुवाइमा पब्लिक ज्ञान ज्योति,गोरखा, हिमाल एकेडेमी लगायतका शैक्षिक संस्थाहरुमा अनुगमन गरिएको हो ।

त्यसक्रममा कक्षा ११ मा प्रि रजिस्ट्रेसनको नाममा विद्यार्थीहरुसंग १५ देखि २० हजार सम्म असुली गरेको पाईएको अनुगमनमा पुगेका अनेरास्ववियूका गोविन्द वस्नेतले जानकारी दिएका छन । कतिपय विद्यालयले पुरा भर्ना गरिसकेको तथा विद्यार्थी तथा अभिभावकहरुमा मानसिक तनाबमा परेको बस्नेतले जानकारी दिएका छन । शैक्षिक संस्थाहरुले शुल्क लिदा जिम्मेवार निकाय मौन बस्दा विद्यार्थी तथा अभिभावक समस्यामा रहेका सहसंयोजक परियारले बताएका छन ।

कोरोनाको महामारीमा विद्यार्थी तथा अभिभावकहरुलाई कुनै समस्यामा नर्पान सरकारले गम्भीर भएर निगरानी गर्न उनले अपिल समेत गरेका छन ।

तपाईंको प्रतिक्रिया