कोरोनाबाट ज्यान गुमाउनेको संख्या १९५

 भदौ १२, २०७७

काठमाडौँ, १२ भदौ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसकाे संक्रमणबाट थप १२ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट चार महिला र ८ पुरुषको मृत्यु भएको हो ।माेरङकी ५६ र ६५ वर्षीया दुई महिला, भक्तपुरकी ६४ वर्षीया एक महिला र मकवानपुरकी ७१ वर्षकी एक महिलाको कोरोनाबाट मृत्यु भएको हो ।

यस्तै उदयपुरका ५२ वर्षीय पुरुष, पर्साका ७२ वर्षीय पुरुष, धनुषाका ४५ वर्षीय पुरुष, सिरहाका ५५ वर्षीय पुरुष, झापाका ८३ वर्षीय पुरुष, चितवनका ५१ वर्षीय पुरुष, कास्कीका ५२ वर्षीय पुरुष र रुपन्देहीका ६० वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १९५ पुगेको छ ।

तपाईंको प्रतिक्रिया