कोरोना भाइरसबारे फैलिएको भ्रममा नपरौं : डा. रवीन्द्र पाण्डे

 भदौ १३, २०७७

भदौ १३, काठमाडौं ।
कोरोनाभाइरस (कोभिड १९)को बारे भ्रम फैलिरहेको भन्दै जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले भ्रममा नपर्न आग्रह गरेका छन् । 

अक्सफोर्ड पोलिसी म्यानेजमेन्टले गरेको एक अनुमान गलत रहेको दावी गर्दै उनले त्यसबारे विश्वास नगर्न आग्रह गरेका हुन् ।

उनले लेखेका छन् :

‘अक्सफोर्ड पोलिसी म्यानेजमेन्टले गरेको अनुमानमा यो बर्ष अर्थात् डिसेम्बरसम्म ८१ % नेपाली संक्रमित हुने तथा ४९ हजार २ सय जना नेपालीको कोभिड १९ को कारण मृत्यु हुन्छ भन्ने उनीहरुको निष्कर्षले आम जनमानसमा त्रास उत्पन्न भएको छ ।

एउटा अध्येताको नाताले म दावी गर्दछु कि – त्यो अनुमान १०० % गलत हो । उक्त अध्ययनमा प्रकाशित संक्रमित एबम् मृतकको संख्या कुनै पनि मिलेको छैन र मिल्दैन ।

जुनदेखि सेप्टेम्बरसम्म प्रतिदिन ५० हजारदेखि ७५ हजारसम्म संक्रमित हुने, जुलाईदेखि अक्टुबरसम्म संक्रमण उच्च बिन्दुमा पुग्ने लगायत कुनै पनि तथ्यांक सहि छैनन् ।

महामारीको समय यी र यस्ता अनेकौं हल्ला र भ्रम आइरहेका छन् | कुनै पनि हल्ला र भ्रमको विश्वास नगर्नु हुन म विनम्र अनुरोध गर्दछु ।’

तपाईंको प्रतिक्रिया